माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको ३३ करोड बढी पैसा नदिने ब्रोकर कम्पनीका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालिका अध्यक्ष, रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको हो...
काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्उताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान साढे ८ बजेदेखि सञ्चालन हुनेछ ।
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रदको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान ९ बजेदेखि सुचारु हुनेछ ।
काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २८ गते साधारण सभा डाकेको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६०...
काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका ५८ लाख ६० हजार...
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।
काठमाण्डौ । सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ११ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर...
काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको बजार अन्त्यमा करिव २२ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार भने अघिल्लो दिनको तुलनामा करिब ५ अर्बले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिडेको छ । हालसम्म बजारले अपर ब्याण्ड छाडिसकेको भने छैन । क्याण्डल स्टिकबाट नियाल्दा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । पछिल्लो समय प्रि–आइपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ । विशेषतः बैंकहरुले आइपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा ‘प्रि–आइपीओ’को नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको हो । अझै...
काठमाण्डौ । नेपालका ४ वटा थोक लघुवित्त संस्थामध्ये फस्र्ट माइक्रोफाइनान्स पनि एउटा हो । यो संस्था विसं २०६६ साल पुस २४ गते काठमाण्डौलाई आधार बनाएर स्थापना भएको थियो । यो संस्थाले न्यून आम्दानी भएका विभिन्न वर्गलाई अवसर र स्रोत प्रदान गर्ने गर्छ । आधारभूत पक्षः गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ करोड ३४ लाख रहेको छ भने जगेडा कोषमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर अर्थात ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ।
काठमाण्डौ । सेयरबजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल आज प्रक्राउ परेसँगै उनका स्क्रिप्टहरु ह्वात्तै घट्न पुगेको छ । अग्रवालले चलाउँदै आएका भनिएका स्क्रिप्टहरुमा आज भारी गिरावट आएको छ । विशेषगरी लो क्यापमा गनिने केही विकास बैंकहरुमा अग्रवालको ठूलो लगानी रहेको छ । उनले सामाजिक सञ्जालहरुमा समेत खुलेआम ती स्टकहरुको प्रचारप्रसार गर्दै आइरहेका छन् ।
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक बढेसँगै बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो । आज धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको हालसम्मकै उच्च बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२८ प्रतिशत र निर्जीवन बीमा समूह १.४० प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता...
काठमाण्डौ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् । भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.