यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आज दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिटिजन्स बैंक इन्टरनेशनल र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र...

