आम्दानी घटेपनि वित्त खर्चमा कमी आएसँगै बढ्यो सिक्लेस हाईड्रोपावरको नाफा
काठमाण्डौ । आम्दानी घटेपनि सिक्लेस हाईड्रोपावर लिमिटेडको नाफा बढेको छ । कम्पनीले वित्त खर्चमा कटौती गर्दै नाफा बढाएको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६३.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

