नेप्सेमा पौने २७ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । १० प्रतिशत दरको कुल २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोपश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९२ लाख ३० हजरा ९९० पुगेको छ ।

