लगातार चार दिन घट्यो नेप्से, विकास बैंक समूहमा सर्वाधिक दबाब
काठमाण्डौ । नेप्सेको गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । यससँगै नेप्से परिसूचक लगातार चौथो दिन घटेको छ । आज नेप्से परिसूचक १.२० प्रतिशत अर्थात ३२.३८ अंकले घटेर २ हजार ६५५.९४ विन्दुमा सीमित बनेको छ ।

