लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार अझै केही समय साइडवेज चल्नसक्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)ं मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.०८ अंकले घटेर २ हजार ६३१.९८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४३.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ७...

