राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४२ करोड रुपैयाँबराबरको रु.५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।

