तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.७० प्रतिशतले...

