लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । बैंकको सभा आज ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

