सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

