सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि निष्कासन गरेको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको छ। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।

