अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?
काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले भुक्तानी हुन बाँकी लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका केहि लगानीकर्ताको भुक्तानी हुन बाँकी पैसा फागुन १६ गतेदेखि फिर्ता गर्ने जनाएको हो ।

