नेप्से परिसूचक १.१५% ले घट्यो, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ६ लाख १९ हजार १८० कित्ता...

