ग्राउण्ड जिरोः आयकरको विषयमा मन्त्री र कर्मचारीबीच चर्काचर्की परेको चर्चा, अन्यौलमा लगानीकर्ता
काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि नियमित स्तम्भ ‘ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज हामी पुतलीसडक र अनामनगरका केही ब्रोकर हाउस पुगेका छौं । आज सर्वप्रथम हामी पुतलीसड्कस्थित श्वेता सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौं । आज राजधानीमा केही क्षण वर्षा भएकाले ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति पातलो थियो । बिहान पहिलो प्रहरमा केही बढेको बजार...

