सुनको भाउ ऐतिहासिक उचाईमा, एकैदिन ५७ डलरको उछाल
काठमाण्डौ । सुनको मूल्यले यसअघिको रकेर्ड तोड्दै नयाँ उचाई हासिल गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १.५७ प्रतिशतले बढेसँगै नयाँ रेकर्ड बनेको हो । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतिऔंस ३ हजार ७४३ डलरमा कारोबार भईरहेको छ ।

