आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख १५ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।

