लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक
TRENDING
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा सामान्य वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५१.०५ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच...
काठमाण्डौ । गोर्खाज हिमालयन हाईड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २६ गते पुतलीसडकमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायममध्ये ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । सोमबारको कारोबारमा सुनको मूल्यमा ३ हजार २ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि वितरण गर्ने घोषणा गरेको ९.५० प्रतिशत बोनस सेयर सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ।संस्थाले एक सूचना जारी गर्दै गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा अभौतिक रूपमा जम्मा गरिएको जानकारी दिएको हो। उक्त बोनस सेयर...
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन ५ गतेदेखि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि हुने भएको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास...
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आजदेखि कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गरेको हो।निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको सेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र दिपशिखा...
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको...
काठमाण्डौ । लामो बिदापछि खुलेको साताको पहिलो कारोबार दिन सेयरबजारमा पुनः गिरावट देखिएको छ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०४ प्रतिशत अर्थात् २७.५९ अंकले घटेर २,६१४.५५ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले घटेर ४४९.३९ विन्दुमा सीमित भएको छ।आज नेप्सेमा सूचीकृत ३२४ वटा कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता...
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.