ठूला जहाज मर्मतमा विदेशकै भर, क्यानले १२ देशका ४० संस्थालाई दियो मान्यता
काठमाण्डौ। नेपालमा ठूला जहाजको जटिल मर्मत तथा इन्जिन ओभरहल गर्ने पूर्वाधार नहुँदा नेपाली वायुसेवा कम्पनीहरूले जहाज मर्मतका लागि विदेशी संस्थामै निर्भर हुनुपर्ने अवस्था कायम छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवाका जहाज मर्मत गर्न विश्वका १२ देशका ४० विदेशी संस्थालाई आधिकारिक मान्यता दिएको छ।क्यानको एयरवर्दिनेस इन्स्पेक्सन डिभिजनको...

