बुधबार, श्रावण ६,२०८३ 11:31:15
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:31:15
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम
NEWS

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

आज देशका यी स्थानमा अति भारी वर्षाको सम्भावना
NEWS

आज देशका यी स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि र पूर्वी क्षेत्रमा नेपालको तराई भू–भाग नजिक रहेको छ।विभागले आइतबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसमेत गरिएको छ।आइतबार...

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा
NEWS

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ। प्रसारण लाइन सञ्चालनमा आएपछि चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको...

हारेर जित्ने रणनीतिः फुटबल इतिहासकै अनौठो खेल, जहाँ आफ्नै पोस्टमा गोल गर्नु बन्यो सफलताको सूत्र
NEWS

हारेर जित्ने रणनीतिः फुटबल इतिहासकै अनौठो खेल, जहाँ आफ्नै पोस्टमा गोल गर्नु बन्यो सफलताको सूत्र

काठमाण्डौ । कहिलेकाहीँ खेलका नियमहरूले टोलीहरूलाई तर्कविपरीत देखिने व्यवहार गर्न प्रेरित गर्छन् ,यहाँसम्म कि जानाजानी हार्ने प्रयास गर्न पनि।फुटबल इतिहासमा एउटा यस्तै घटना घटेको छ । यसलाई फुटबल इतिहासकै सबैभन्दा असाधारण खेलमध्ये एक मानिन्छ। तर यो खेल विश्वभरका दर्शकमाझ खेलिएको थिएन, न त कुनै विश्वचर्चित उपाधि वा प्रतिष्ठित ट्रफीका लागि नै थियो।सन् १९९४ को क्यारेबियन कप...

इङ्ग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, जुड बेलिङ्घमको दुई गोलले नर्वेमाथि रोमाञ्चक जित
NEWS

इङ्ग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, जुड बेलिङ्घमको दुई गोलले नर्वेमाथि रोमाञ्चक जित

काठमाण्डौ । मियामीमा सम्पन्न फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। स्टार मिडफिल्डर जुड बेलिङ्घमले दुवै गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।खेलको ३६औँ मिनेटमा आन्द्रियास शेल्डेरुपको उत्कृष्ट प्रहार गोलकिपर जोर्डन पिकफोर्डलाई झुक्याउँदै जाली चुमेपछि नर्वेले अग्रता...

विवादले चिढिए महावीर पुन, पत्रकार र युट्युबरसँग एक वर्ष नबोल्ने घोषणा
ECONOMY& POLITICS

विवादले चिढिए महावीर पुन, पत्रकार र युट्युबरसँग एक वर्ष नबोल्ने घोषणा

काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने अभिव्यक्तिका कारण विवादमा परेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम र सामाजिक सञ्जालका सञ्चारकर्मीलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा प्रवर्द्धकसमेत रहेका पुनले फेसबुकमार्फत कडा प्रतिक्रिया...

तीन दिन, तीन आत्मदाहका घटना : काठमाडौँको बुद्धनगरमा फेरि एक व्यक्ति गम्भीर घाइते
NEWS

तीन दिन, तीन आत्मदाहका घटना : काठमाडौँको बुद्धनगरमा फेरि एक व्यक्ति गम्भीर घाइते

काठमाण्डौ । देशमा लगातार तीन दिनसम्म आत्मदाह र आत्मदाह प्रयासका घटना सार्वजनिक भएका छन्। त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै मधेशमा अर्को घटना भएको थियो भने शनिबार काठमाडौँको बुद्धनगरमा फेरि एक व्यक्ति आगोबाट गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार बुद्धनगरमा पारिवारिक विवादपछि ४५ वर्षीय आश्विन राउत गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल...

सम्पत्ति आयोगविरुद्ध सर्वोच्चको कडा आदेश, छानबिन र कारबाही सिफारिस रोक
ECONOMY& POLITICS

सम्पत्ति आयोगविरुद्ध सर्वोच्चको कडा आदेश, छानबिन र कारबाही सिफारिस रोक

काठमाण्डौ । राजनीतिक पदाधिकारी तथा राष्ट्रसेवकको सम्पत्ति जाँच गर्न सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको वैधानिकता र अधिकारक्षेत्रमाथि सर्वोच्च अदालतले गम्भीर संवैधानिक प्रश्न उठाएको छ।सर्वोच्चले पूर्वन्यायाधीश, पूर्वसंवैधानिक पदाधिकारी तथा सैनिक ऐनअन्तर्गत कारबाहीको विशेष व्यवस्था लागू हुने व्यक्तिलाई तत्काल सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न आयोगका नाममा...

आगोले खरानी बनाएको इम्बोस्ड प्लेट आयोजना फेरि ब्युँताइँदै, ६ वर्षभित्र ५८ लाख सवारीमा अनिवार्य गर्ने तयारी
NEWS

आगोले खरानी बनाएको इम्बोस्ड प्लेट आयोजना फेरि ब्युँताइँदै, ६ वर्षभित्र ५८ लाख सवारीमा अनिवार्य गर्ने तयारी

-रविन ठकुरी काठमाण्डौ । जेनजी आन्दोलनको आगजनीमा उत्पादन कारखानासहित लाखौँ इम्बोस्ड नम्बर प्लेट खरानी भएपछि ठप्प बनेको सरकारी आयोजना पुनः ब्युँताउने तयारी सुरु भएको छ।काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन कारखाना २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको थियो। कारखानामा रहेका मेसिन,...

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि आत्मदाह प्रयास
NEWS

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि आत्मदाह प्रयास

 काठमाण्डौ । मुगुका गणेश नेपालीको आत्मदाह घटनाले देशभर तरंग सिर्जना गरिरहेका बेला सर्लाहीमा पनि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका अनुसार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ।सांसद सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे...

श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षण, सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाई
ECONOMY& POLITICS

श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षण, सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाई

काठमाण्डौ । युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन अवस्थाबारे आकस्मिक निरीक्षण गरेका छन् । मिति २०८३/०३/२५ मा गरिएको यस निरीक्षणका क्रममा अधिकांश प्रतिष्ठानहरूमा सामाजिक सुरक्षा कोष...

कीर्तिपुरमा इन्डिया ‘ए’सँग नेपालले  तीन खेलको टी–२० शृंखला खेल्ने
NEWS

कीर्तिपुरमा इन्डिया ‘ए’सँग नेपालले तीन खेलको टी–२० शृंखला खेल्ने

 काठमाण्डौ । नेपालले इन्डिया ‘ए’सँग घरेलु मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी डिसेम्बर ९, ११ र १३ तारिखमा शृंखलाका खेलहरू हुनेछन्। सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ।स्कटल्यान्डमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनका क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय...

वैदेशिक रोजगार विभागमा आज  एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो समाधान
NEWS

वैदेशिक रोजगार विभागमा आज एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो समाधान

काठमाण्डौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान र नियमन कार्यलाई तीव्रता दिएको जनाएको छ ।  विभागको मुद्दा तथा अनुसन्धान शाखा, संस्था अनुगमन शाखा र दर्ता शाखाले गरेका विभिन्न कार्यहरूको विवरण प्राप्त भएको छ । विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार आज दिउँसो ४ बजेसम्म २२ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।सोही अवधिमा १४ वटा मुद्दामा...

चिया क्षेत्रको अध्ययन प्रतिवेदन तयार, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव
NEWS

चिया क्षेत्रको अध्ययन प्रतिवेदन तयार, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव

काठमाण्डौ । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ ।  मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले तीव्र गतिमा काम गर्दै मात्र दुई साताको छोटो अवधिमा यो महत्वपूर्ण प्रतिवेदन तयार...

चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी
NEWS

चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग,...

बागमतीको बजेट खर्च ६८.५८ प्रतिशत, असारमै तीव्र बन्यो खर्चको रफ्तार
NEWS

बागमतीको बजेट खर्च ६८.५८ प्रतिशत, असारमै तीव्र बन्यो खर्चको रफ्तार

 काठमाण्डौ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को कुल बजेटमध्ये असार २५ गतेसम्म ६८.५८ प्रतिशत खर्च गरेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित ६७ अर्ब ४७ करोड ८३ लाख रुपैयाँमध्ये ४६ अर्ब २७ करोड ७७ लाख रुपैयाँ खर्च भएको हो।प्रदेश सरकारको चालु खर्चभन्दा पुँजीगत खर्चको प्रगति केही बढी देखिएको छ। चालुतर्फ विनियोजित २५ अर्ब ८१ करोड ३५ लाख रुपैयाँमध्ये...

उडिरहेको विमानको झ्याल फुट्दा यात्रु बाहिर तानिए, श्रीमतीले पाँच मिनेटसम्म समातेर जोगाइन्
OTHERS

उडिरहेको विमानको झ्याल फुट्दा यात्रु बाहिर तानिए, श्रीमतीले पाँच मिनेटसम्म समातेर जोगाइन्

काठमाण्डौ । ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गेनका लागि उडेको र्‍यानएयरको बोइङ ७३७ विमानमा शुक्रबार बिहान एक डरलाग्दो घटना भएको छ। विमान करिब २० हजार फिटको उचाइमा उडिरहेका बेला इन्जिनमा समस्या आएपछि त्यसबाट निस्किएको टुक्रा ठोक्किँदा एउटा यात्रु झ्यालबाट बाहिरतर्फ तानिएका थिए।घटनामा ६१ वर्षीय सर्बियाली नागरिकको टाउको र काँधसम्मको भाग विमानको झ्यालबाहिर पुगेको...

वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार ३६३ छोराछोरीलाई छात्रवृत्ति प्रदानः लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै
NEWS

वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार ३६३ छोराछोरीलाई छात्रवृत्ति प्रदानः लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै

काठमाण्डौ । वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारमा गएका मृत्यु/अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ। विवरणअनुसार हालसम्म देशभरका कुल ३ हजार ३६३ जना विद्यार्थीहरू छात्रवृत्ति प्राप्त गरेका छन्।प्राप्त विवरणअनुसार छात्रवृत्ति पाउने कुल...

साउन १ देखि डेढ साता सर्वोच्चमा नियमित सुनुवाइ प्रभावित हुने
NEWS

साउन १ देखि डेढ साता सर्वोच्चमा नियमित सुनुवाइ प्रभावित हुने

 काठमाडौं, २६ असार । नयाँ आर्थिक वर्षको लगत सार्ने प्रक्रियाका कारण सर्वोच्च अदालतको नियमित सुनुवाइ साउन १ गतेदेखि ११ दिनसम्म प्रभावित हुने भएको छ।सर्वोच्च अदालत प्रशासनका अनुसार साउन ११ गतेदेखि मात्र नियमित सुनुवाइ पुनः सुरु हुनेछ। प्रत्येक नयाँ आर्थिक वर्षको सुरुवातमा पुराना मुद्दाको लगत नयाँ आर्थिक वर्षमा सार्ने प्रचलनअनुसार नियमित सुनुवाइ स्थगित गर्न लागिएको...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा नयाँ कार्यविभाजन, विषयगत समिति र सल्लाहकार समिति गठन
NEWS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा नयाँ कार्यविभाजन, विषयगत समिति र सल्लाहकार समिति गठन

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्ना गतिविधिहरूलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न विषयगत समिति गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ।महासंघका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले संगठनात्मक कार्ययोजनालाई थप चुस्त बनाउने निर्णय गर्दै विभिन्न क्षेत्रगत समितिका सभापतिहरू तोकेको हो। बैठकले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.