विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्चमा सुनुवाइ
काठमाण्डौ । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ।न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्ने कार्यसूची तय गरेको हो।

