झण्डै ५० अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारले अब नयाँ फड्को मार्छ’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २ हजार ८१५.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब...