नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर
काठमाण्डौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से) पुनः अध्यक्षबिहिन भएको छ । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । अर्थ मन्त्रालयमा सचिव र सहसचिव ६÷६ महिना फेरिदा त्यसको असर नेपाल स्टक एक्सचेञ्जमा पनि पर्ने गरेको छ ।