इरान–इजरायल युद्ध प्रभावः कच्चा तेलको मूल्य ५ महिनाकै उच्च
काठमाण्डौ । अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्य ५ महिनाकै उच्च कायम भएको छ । इरानइजरायलको युद्धमा अमेरिका समेत प्रवेश गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि देखिएको हो । आज डब्लूटीआई क्रुडको मूल्य १.९५ प्रतिशत अर्थात १.४४ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७५.२८ डलर पुगेको छ ।

