लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । उनले आगामी १० बर्षलाई लगानी दशकको...