शुक्रबार, श्रावण ८,२०८३ 04:23:58
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:23:58
Bizshala
Global IME Bank Limited

शिवरात्रीमा बाबाहरुलाई १ लाख रुपैयाँबराबरको ‘पार्की आइसक्रिम’ निःशुल्क वितरण

शिवरात्रीमा बाबाहरुलाई १ लाख रुपैयाँबराबरको ‘पार्की आइसक्रिम’ निःशुल्क वितरण
New Office

काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ले शिवरात्रीको अवसरमा बाबाहरुलाई निःशुल्क आइसक्रिम वितरण गरेको छ ।  

कम्पनीले पशुपति क्षेत्रमा बाबाहरुलाई एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।  

विभिन्न अवसरहरुमा निःशुल्क आइसक्रिम वितरण गर्दै आएको पार्की आइसक्रिमले केही दिन अघिमात्र राष्ट्रिय आइसक्रिम दिवसको अवसर पारेर एक लाखरुपैयाँ बराबरीकै आइसक्रिम वितरण गरेको थियो ।  

गएको कृष्ण जन्मअष्टमीको अवसर पारेर पनि पार्की आइसक्रिमले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम् सेवकलाई निःशुल्क आइसक्रिम वितरण गर्नुका साथै पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो ।

विशेषगरी भारतबाट आएका पाहुना बाबाहरुलाई लक्षित गरेर शिवरात्रीको दिन पशुपति परिसरमा गई एक लाख बराबरको निःशुल्क आइसक्रिम वितरण गरेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । ‘हिन्दु धर्ममाआस्था राख्नेहरुको यस महानपर्वको अवसरमा भारतबाट आएका पाहुना बाबाहरुलाई निःशुल्क आइसक्रिम वितरण गरेर खुशी बाँडेका हौं ।’ प्रबन्धक निर्देशक कुमावतले भने, ‘यो पर्व र खुशीयालीको दिनमाआइक्रिमवितरण गरेर पाहुनाबाबाहरुलाई केहीखुशी वाँडेका छौं । 

आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभव पछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गरिदै आएको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । काठमाण्डौ उपत्यका लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई ८०० बढी स्थानबाट विक्री वितरण गरिदै आएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.