Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एक्मी इन्जिनियरिङका विद्यार्थीले गरे इको प्यानल कारखानाको भ्रमण

Global IME Bank Limited
एक्मी इन्जिनियरिङका विद्यार्थीले गरे इको प्यानल कारखानाको भ्रमण
Nabil Bank Limited

काठमाण्डौ । पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले भक्तपुरस्थित नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । कलेजमा विई सिभिल पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सिभिल इन्जिनियरिङ मेटेरिअल विषय अन्तर्गतको व्यवहारिक ज्ञानको लागि फिल्ड भिजट गरेका हुन् ।  

टोलीमा २ शिक्षक तथा ४५ विद्यार्थी रहेका थिए । उनीहरुलाई फ्याक्टी म्यानेजर सुजन सुजखूले नेपाल इको प्यानलका विभिन्न विशेषताहरु प्रदर्शन गरेर देखाएका थिए ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैकल्पिक निर्माण सामाग्रीको रुपमा नेपालमा आएको भूकम्प प्रतिरोधी र वातावरणमैत्री निर्माण सामाग्रीकोबारे जानकारी दिलाउन इन्जिनियरिङका विद्यार्थीहरुलाई नेपाल इको प्यानलमा भ्रमण गराइएको एक्मी इन्जिनियरिङ कलेजका उपप्राधन्यापक पारीश्वर आचार्यले बताए । भ्रमणमा सहभागी विद्यार्थीहरुले पुस्तकमा पढेका विषय फिल्डमा गएर देख्न पाउँंदा खुुशी व्यक्त गरे ।  

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानल एउटा फ्याक्टी मात्रै नभई वैकल्पिक निर्माण सामाग्रीको अध्ययन अनुसन्धान थलोको रुपमा विकास गर्दै लाने उद्देश्यले विभिन्न समयमा विद्यार्थी कलेजहरुका विद्यार्थीहरुलाई भ्रमण गराउँंदै आएको बताए ।  

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा रहेको आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा रहको छ भने कारखाना चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.