शुक्रबार, श्रावण ८,२०८३ 04:24:08
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:24:08
Bizshala
Global IME Bank Limited

राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा मतदाता नामावलीसम्बन्धी दुईवटा संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएको उल्लेख गरिएको छ। प्रमाणीकरणसँगै ती विधेयकहरू कानूनी रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्।

यसअघि उक्त विधेयकहरू संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.