शुक्रबार, श्रावण ८,२०८३ 04:22:15
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:22:15
Bizshala
Global IME Bank Limited

१५ मिनेटपछि शुरु भएको बैठकमा पुनः विपक्षीको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी अडान कायमै

१५ मिनेटपछि शुरु भएको बैठकमा पुनः विपक्षीको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी अडान कायमै
New Office

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादकाबीच प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले पुनः अवरोध गरेका छन्।  

१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः शुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

संसद्मा जारी अवरोधका कारण सभामुखले नियमित कार्यसूची अघि बढाउने प्रयास गरेपनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छैनन्।  

उनीहरूले प्रधानमन्त्री शाहले आइतबार संसद्मा दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

बैठक सञ्चालनका क्रममा सभामुखले सांसदहरूलाई आफ्नो स्थानमा बसेर संसदीय प्रक्रियामा सहभागी हुन तथा सदनको कामकारबाही सुचारु बनाउन सहयोग गर्न आग्रह गरेका थिए।  

तर, विपक्षी सांसदहरूले उभिएर विरोध जारी राखेपछि संसद्को वातावरण फेरि तनावग्रस्त बनेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.