शुक्रबार, श्रावण ८,२०८३ 09:56:58
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:58
Bizshala
Global IME Bank Limited

एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न

एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौस्थित प्रिमियर इन्टरनेसनल स्कूल ललितपूरमा उक्त साधारण सभा शनिबार आयोजना गरिएको थियो ।

दिनको १ बजेबाट औपचारिक रूपमा शुरु भएको सो कार्यक्रममा संस्थाका केन्द्रीय कार्य समितिका पदाधिकारीहरू, सदस्यहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । संस्थाको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादालाई अझ उचाइमा पुर्याउने उद्देश्यले आयोजित उक्त साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा व्यावसायिक सुशासनका विषयमा महत्त्वपूर्ण छलफल गरेको आयोजकले जनाएको छ ।

संस्थाको उक्त सभाले आगामाी कार्यकालको नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ । सभामा नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन योग्यता भएका दक्ष जनशक्ति अपरिहार्य रहेको विषयमा चर्चा भएको थियो ।

साथै, नेपालका बजेट निर्माण गर्न, पब्लिक कम्पनीका कामहरु, सार्वजानिक सरोकारका लागत निर्धारण गर्न लगायत अति महत्वपूण लागत सम्बन्धितमा लागत लेखापरिक्षण ऐन समेतको महत्वबारे प्रकाश पारितएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.