शुक्रबार, श्रावण ८,२०८३ 09:56:57
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:57
Bizshala
Global IME Bank Limited

खामेनेई परिवारका लागि विशेष पत्र लिएर इरान पुगे पाकिस्तानी गृहमन्त्री नकवी

खामेनेई परिवारका लागि विशेष पत्र लिएर इरान पुगे पाकिस्तानी गृहमन्त्री नकवी
New Office

काठमाण्डौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी फेरि एकपटक इरानको राजधानी तेहरान पुगेका छन्।

इरान–अमेरिका तनाव चर्किरहेका बेला नकवी पाकिस्तानका सेना प्रमुख फील्ड मार्शल आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफको विशेष सन्देश लिएर तेहरान पुगेका हुन्।

इरानी समाचार संस्था तस्निमका अनुसार नकवीले पाकिस्तानको उच्च नेतृत्वको तर्फबाट मोज्तबा खामेनेईका लागि विशेष पत्र लिएर गएको बताएका छन्।  

उनले आफू सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफको सन्देश बोकेर इरान आएको जानकारी दिएका छन्।  

इरान–अमेरिका द्वन्द्व सुरु भएयता यो उनको तेहरानको तेस्रो भ्रमण हो।

भ्रमणका क्रममा नकवीले इरानी नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।  

उनको यो भ्रमण अमेरिका र इरानबीचको सम्बन्ध अत्यन्त संवेदनशील मोडमा पुगेका बेला भएको हो।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब बढाउँदै आणविक कार्यक्रमसँग सम्बन्धित समृद्ध युरेनियम देशबाहिर लैजानुपर्ने माग राखिरहेका छन्।

पाकिस्तानले पछिल्ला महिनाहरूमा अमेरिका र इरानबीच संवादको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिका खेल्ने प्रयास गरिरहेको छ।  

सेना प्रमुख आसिम मुनीर, प्रधानमन्त्री शहबाज शरीफ तथा अन्य उच्च अधिकारीहरूले अमेरिकी नेतृत्वसँगै इरानका राष्ट्रपति मसुद पेजेशकियन र विदेशमन्त्री अब्बास अराघ्चीसँग पनि निरन्तर सम्पर्कमा रहेका छन्। 

तर, हालसम्म कुनै ठोस सहमति वा निष्कर्ष ननिस्किएकाले पाकिस्तानको मध्यस्थता प्रयास सफल हुन नसकेको विश्लेषण भइरहेको छ।

नकवीको भ्रमण यस्तो समयमा भएको छ जब इरानले खाडी क्षेत्रका केही मुलुकतर्फ मिसाइल आक्रमण जारी राखेको बताइएको छ।  

साथै विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने होर्मुज जलडमरूमध्यको अवस्थाले पनि अन्तर्राष्ट्रिय बजारमा चिन्ता बढाएको छ।

यद्यपि पछिल्लो समय लागू गरिएको अस्थायी युद्धविराम कायम रहे पनि अमेरिका–इरान सम्बन्ध अझै नाजुक अवस्थामै रहेको विश्लेषकहरूको भनाइ छ।  

यस्तो अवस्थामा पाकिस्तानले कूटनीतिक पहललाई तीव्र बनाउँदै दुवै पक्षबीच संवादको पुल निर्माण गर्ने प्रयास जारी राखेको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.