Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 02:21:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कको चिन्ता: भारतमा जन्मदर निरन्तर घट्दै, दीर्घकालीन असरको चेतावनी

Laxmi Sunrise Bank Limited
एलन मस्कको चिन्ता: भारतमा जन्मदर निरन्तर घट्दै, दीर्घकालीन असरको चेतावनी
Shivam Cement

काठमाण्डौं । विश्वका चर्चित उद्यमी तथा Elon Musk  ले भारतमा घट्दो जन्मदरलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्।  

उनले भारतको प्रजनन दर (फर्टिलिटी रेट) जनसंख्या स्थिर राख्न आवश्यक मानिने न्यूनतम स्तरभन्दा तल झरेको भन्दै यसले दीर्घकालीन सामाजिक–आर्थिक असर पार्न सक्ने चेतावनी दिएका हुन्।

Bizshala
New Office
CG Motors

सामाजिक सञ्जाल एक्स (X) मार्फत प्रतिक्रिया दिँदै मस्कले भारतको जन्मदर अब प्रतिस्थापन स्तर (रिप्लेसमेन्ट लेभल) भन्दा कम भइसकेको उल्लेख गरेका छन्।  

उनका अनुसार शिक्षित वर्गमा यो गिरावट धेरै अघिदेखि नै देखिँदै आएको प्रवृत्ति हो।

हाल सार्वजनिक तथ्यांकअनुसार भारतको कुल प्रजनन दर पछिल्लो एक दशकमा २.३ बाट घटेर १.९ मा पुगेको छ।

त्यस्तै, New Delhi मा यो दर अझै कम भएर १।२ सम्म झरेको बताइएको छ, जुन केही विकसित मुलुकको तुलनामा पनि न्यून मानिन्छ।

जनसंख्या विज्ञहरूका अनुसार कुनै पनि देशको जनसंख्या दीर्घकालीन रूपमा स्थिर राख्न औसत प्रजनन दर २.१ आवश्यक हुन्छ।

तर, भारतको वर्तमान दर सो स्तरभन्दा तल पुगेकाले आगामी दशकहरूमा जनसंख्याको संरचनामा ठूलो परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

हाल भारतको जनसंख्या करिब १.४६ अर्बभन्दा बढी रहेको छ।

सन् २०२३ मा China लाई उछिन्दै भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको थियो।  

तर, पछिल्ला वर्षहरूमा जन्मदर निरन्तर घट्दै गएको तथ्यांकले देखाइरहेको छ।

विशेषज्ञहरूका अनुसार स्वास्थ्य सेवा, शिक्षा र सामाजिक चेतनामा सुधार भएपनि बालविवाह, लैंगिक असमानता, किशोरावस्थाको गर्भधारण तथा मातृ स्वास्थ्यसँग सम्बन्धित चुनौतीहरू अझै कायम छन्। 

दीर्घकालीन रूपमा घट्दो जन्मदरले श्रमशक्ति घट्ने, वृद्ध जनसंख्या बढ्ने तथा आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्ने जोखिम देखिएको छ।

विश्लेषकहरूका अनुसार यदि यो प्रवृत्ति निरन्तर रह्यो भने भारतले भविष्यमा श्रम बजार, सामाजिक सुरक्षा प्रणाली र वृद्ध जनसंख्या व्यवस्थापनमा नयाँ र जटिल चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.