Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 03:37:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१२ मन्त्रालयबाट ८ मा झार्ने मधेश प्रदेश सरकारको तयारी

Laxmi Sunrise Bank Limited
१२ मन्त्रालयबाट ८ मा झार्ने मधेश प्रदेश सरकारको तयारी
Shivam Cement

काठमाण्डौं । मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालयहरूको संख्या पुनःसंरचना गर्ने तयारी गरेको छ ।

भौगोलिक रूपमा सानो भएपनि मन्त्रालय संख्या धेरै हुँदा खर्च बढेको भन्दै सरकार संरचना घटाउने दिशामा अघि बढेको हो ।

Bizshala
New Office
CG Motors

यसका लागि अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।  

कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य छन् ।

कार्यदलले हालको मन्त्रालय संरचना अध्ययन गरी आवश्यकतानुसार गाभ्ने र पुनःसंरचनाको खाका तयार गर्ने जिम्मेवारी पाएको छ ।  

सोही प्रतिवेदनका आधारमा अन्तिम निर्णय गरिनेछ ।

हाल १२ वटा मन्त्रालय रहेको प्रदेशमा संख्या घटाएर ८ मा झार्ने र मुख्यमन्त्री कार्यालयसहित ९ वटा संरचना कायम गर्ने तयारी भइरहेको अर्थमन्त्री भट्टराईले बताएका छन् ।  

उनका अनुसार प्रक्रिया अन्तिम चरणमा पुगेको छ र छिट्टै निर्णय सार्वजनिक गरिनेछ ।

 

Garima Development Bank
Shivam Cement
Bizshala

शिक्षा र स्वास्थ्य, श्रम तथा यातायात, खेलकुद तथा समाजकल्याण, साथै वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालयहरू गाभ्ने तयारी छ ।  

गाभिएसँगै मन्त्रालयहरूको नाम पनि परिवर्तन हुने सम्भावना छ ।

गठबन्धन व्यवस्थापनका क्रममा मन्त्रालय संख्या बढ्दै गएको र त्यसले प्रशासनिक खर्च तथा संरचनागत असन्तुलन बढाएको आलोचना हुँदै आएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने प्रशासनिक खर्च घटाउँदै सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन मन्त्रालय संख्या घटाउने निर्णय अघि बढाइएको बताएका छन् ।

सरकार गठनअघि नै गठबन्धन दलबीच मन्त्रालय संरचना सानो बनाउने सहमति भएको पनि जनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.