शुक्रबार, श्रावण ८,२०८३ 09:56:56
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:56
Bizshala
Global IME Bank Limited

अमेरिकामा पिज्जा डेलिभरीका क्रममा नेपाली मूलका भारतीय विद्यार्थीको गोली हानी हत्या

अमेरिकामा पिज्जा डेलिभरीका क्रममा नेपाली मूलका भारतीय विद्यार्थीको गोली हानी हत्या
New Office

काठमाण्डौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा पिज्जा डेलिभरी गर्ने क्रममा एक नेपाली मूलका भारतीय विद्यार्थीको गोली हानी हत्या गरिएको छ ।  

हैदराबादका २८ वर्षीय अंशुल कुन्चाको फिलाडेल्फियामा भएको घटनापछि परिवारले न्यायको माग गरेको छ ।

 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अंशुल अध्ययनका लागि करिब चार वर्षअघि अमेरिका पुगेका थिए ।  

उनी एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए र अतिरिक्त आम्दानीका लागि सप्ताहन्तमा पिज्जा डेलिभरी गर्ने गरेका थिए ।

अंशुलकी बहिनी तन्वी कुन्चाले परिवारलाई प्राप्त जानकारीअनुसार उनको टाउकोमा तीन गोली प्रहार गरिएको र घटनास्थलमै छाडिएको बताएकी छन् ।  

उनका अनुसार अंशुलको कुनै पनि सामान चोरी नभएको र घटना योजनाबद्ध रूपमा भएको हुन सक्ने आशंका गरिएको छ ।

परिवारका अनुसार अंशुललाई फिलाडेल्फियाको एक सुनसान क्षेत्रमा पिज्जा पुर्‍याउन बोलाइएको थियो ।

पछि उक्त डेलिभरी नै जालझेलको हिस्सा हुन सक्ने जानकारी प्राप्त भएको उनीहरूको दाबी छ ।

तन्वीले आफ्नो भाइको हत्यामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्दै भारत सरकारसँग शव यथाशीघ्र स्वदेश ल्याउन सहयोग गर्न आग्रह गरेकी छन् । 

अमेरिकी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै उनले घटनामा कालो मुखुण्डो लगाएका दुई सशस्त्र व्यक्तिको संलग्नता हुन सक्ने उल्लेख गरिन् ।

अंशुलको शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।  

परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले अंशुलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले परिवारसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

घटनाबारे अमेरिकी सुरक्षा निकायले अनुसन्धान अघि बढाइरहेको बताइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.