शुक्रबार, श्रावण ८,२०८३ 11:45:23
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:45:23
Bizshala
Global IME Bank Limited

१६ जना प्रशिक्षार्थीहरूले गरे नेपाल इको प्यानल कारखानाको अध्ययन भ्रमण

१६ जना प्रशिक्षार्थीहरूले गरे नेपाल इको प्यानल कारखानाको अध्ययन भ्रमण
New Office

काठमाण्डौ । बाग्मती प्रदेशका विभिन्न जिल्लाका १६ जना तालिमका प्रशिक्षार्थीहरूले बुधबार नेपाल इको प्यानलबाट उत्पादित इको प्यानल कारखानाको अध्ययन भ्रमण गरेका छन् । विद्युतीय क्षेत्रमा व्यावहारिक प्रयोगमा केन्द्रित ऊर्जा दक्षता सम्बन्धी अन्तरदृष्टिपूर्ण तालिम कार्यक्रममा भाग लिएका उनीहरुले कारखानामा पुगेर अध्ययन भ्रमण गरेका हुन्।  

सहभागीहरुलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले इको प्यानल र त्यसको उत्पादन प्रक्रियाको बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा इन्जिनियर दुवालले नेपाल इको प्यानल हलुका, भूकम्पप्रतिरोधी, वातावरणमैत्री, अग्नी प्रतिरोधीलगायतका विशेषताहरुका कारण देशभर यसको माग बढ्दो रहेको बताए । नेपाल इको प्यानल अस्थायी वा स्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।

सहभागीहरु बाग्मति प्रदेश उद्योग परिसंघ (सिबिपिआई) को आयोजनामा भक्तपुर चेम्बर अफ कमर्शको संयोजकत्वमा तालिम कार्यक्रममा सहभागी भएका थिए । कारखानाको भ्रमण गर्नुअघि प्रशिक्षार्थीहरुले चेम्बर अफ कमर्स भक्तपुरमा भएको बृहत् सैद्धान्तिक तालिम सत्रमा भाग लिएका थिए । 

यस पहलले बाग्मति प्रदेशको वातावरण र अर्थतन्त्र दुवैलाई फाइदा पुग्ने गरी दिगो ऊर्जा अभ्यासमा योगदान पु¥याउन स्थानीय पेशेवरहरूलाई आवश्यक सीपहरू उपलब्ध गराउने ठोस प्रयासलाई झल्काउने विश्वास कम्पनीले गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.