सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्घ शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

