हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिका–२८ कमलादी हेरिटेज प्लाजास्थित कमलादी शाखा स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा हालको स्थानबाट करिब ६ सय मिटर पूर्व सोही वडा स्थित आईटी प्लाजा भवनको पहिलो तल्लामा साउन १ गतेदेखि स्थानान्तरण हुन लागेको हो ।