नेप्सेको चार्टमा ‘ह्याम्मर क्याण्डल’, के होला अब बजार ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यस्तो क्याण्डल दिनभर बिक्रीकर्ताले बजारलाई नियन्त्रणमा लिएको तर अन्त्यमा खरिदकर्ता हाबी भएको खण्डमा ह्याम्मर क्याण्डल बन्ने गर्छ ।

