नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्,‘आगामी साताबाट बजारले गति लिन्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख...

