बिहीबार, कार्तिक २७,२०८२ 01:10:09
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 01:10:09
कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
Capital Market

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । मुक्तिनाथ क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि
Capital Market

हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीको १४ लाख ४६ हजार ३५५ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गते निष्कासनकर्ता कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।  उक्त हकप्रद सेयरको गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते खोलिएको थियो । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी असोज ३०...

रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.३५ रुपैयाँ कायम भएको छ ।  

दशैंपछि खुलेको बजारले पहिलो दिन नै देखायो बुलिस संकेत(प्राविधिक विश्लेषण)
Capital Market

दशैंपछि खुलेको बजारले पहिलो दिन नै देखायो बुलिस संकेत(प्राविधिक विश्लेषण)

काठमाण्डौ । दशैंपछि खुलेको बजारमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डललाई यसअघिका २ वटा क्याण्डलसँग मिलाएर हेर्दा नेप्सेमा मर्निङ स्टार बनेको देखिन्छ ।  मर्निङ स्टार प्याटर्न बन्दा पहिलो क्याण्डल रातो, दोस्रो क्याण्डल अनिर्णयको र तेस्रो क्याण्डल बुलिस प्रकृतिको बन्ने गर्छ । यी तीनवटा क्याण्डललाई मिलाएर हेर्दा पछिल्लो पल्ट नेप्सेमा मर्निङ स्टार प्याटर्न...

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २१ करोडको खरिद हुँदा २८ करोड ३४ लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको कलश सेक्यूरिटिजबाट १४ करोड ५२ लाखको खरिद हुँदा २१ करोड ५२ लाखबराबरको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ११ करोड ३३...

धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%
Capital Market

धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%

काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । धितोपत्र बजार पुँजीकरण गत आर्थिक वर्षको तुलनामा ३८।५७ प्रतिशतले बृद्धि भएको छ ।  २०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८० भदौ मसान्तमा १९६४।९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०।७६ कायम भएको छ ।

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ
Capital Market

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ

काठमाण्डौ । साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति माग्दै ३ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्षबिहिन हुँदा ३५ कम्पनीले समयमा नै आइपीओ जारी गर्न पाएका छैनन् ।  लामो समयसम्म बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डमा...

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप
Capital Market

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले हिमालय उर्जा विकास कम्पनीले आफूहरुको अक्सनको पैसा फिर्ता नदिएको आरोप लगाएका छन् । सक्रिय लगानीकर्ता केशब कोइरालाले पैसा फिर्ता गरिदिन आग्रह गरेका छन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘बल्ल बुझे ताल नबिल इन्भेष्टमेन्ट बैंक रहेछ तिर्ताले, अक्सनमा नपरेको पैसा फिर्ता ले । सेबोन हाम्रो पैसा समयमै फिर्ता दिलाइदेउ ।’साथै कोइरालाले १० दिनसम्म नबिल...

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक...

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’
Capital Market

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’

काठमाण्डौ । दशैंको लामो बिदापछि खुलेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२३ प्रतिशतले बढेर ४८६.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६...

हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य
Capital Market

हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य

काठमाण्डौ । कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाको आईपीओ आजबाट खुल्ला भएको छ । यो भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि सबैभन्दा ठूलो आईपीओको रेकर्ड एलआईसीको नाममा थियो । जसले २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको थियो। हुन्डाईको इश्यू साइज २७ हजार ८५६ करोड भारु छ।तर, ठूला इश्यू साइजका आईपीओको रिटर्नको ट्र्याक रेकर्ड राम्रो नभएको भारतीय मिडियाले लेखेका...

नेपाल हाईड्रो डेभलपरले सुपर खुदी हाइड्रोमा रु.१० करोड लगानी गर्ने
Capital Market

नेपाल हाईड्रो डेभलपरले सुपर खुदी हाइड्रोमा रु.१० करोड लगानी गर्ने

काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने भएको छ । कम्पनीको असोज २३ गतृ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति
Capital Market

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।  बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।  

एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो
Capital Market

एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो

काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य २.४ प्रतिशतले बढेर प्रतिकित्ता १३८.०७ डलर पुगेको छ ।  यसअघि कम्पनीको सेयरमूल्य गत जुन १८ मा प्रतिकित्ता १३५.५८ डलर पुगेको थियो । यो वर्ष कम्पनीको सेयरमूल्य १७८ प्रतिशतले बढिसकेको छ ।  

गुराँस लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

गुराँस लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आज आया्जना गर्दैछ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ ।  उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद...

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । दशैंअघिको साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार १  दिनमात्रै घट्यो भने ३ दिन बढ्यो । अघिल्लो साता २५ सय ९७ को विन्दुमा बन्द भएको बजार यो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७०.६८ अंकले बढेर बन्द भयो । अघिल्लो साता बजार ११०.७३ अंकले बढेर बन्द भएको थियो ।यो साताको ४ दिनमा २१ अर्ब १६ करोडको कारोबार भयो  ।...

हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?
Capital Market

हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?

काठमाण्डो । नेप्सेमा सूचीकृत ९१ वटा हाईड्रो कम्पनीमध्ये हालसम्म ९ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । जसमध्ये एउटा कम्पनीले नगद लाभांश मात्रै, २ वटाले बोनस सेयर मात्रै र ६ वटाले नगद र बोनस सेयर दुवै दिने प्रस्ताव गरेका छन् ।  हालसम्म लाभांश घोषणा गर्नेमा साहस उर्जा, सिईडिबि हाईड्रोपावर, भगवति हाईड्रोपावर, माण्डु हाईड्रोपावर, सुपरमाई हाईड्रोपावर, अपि पावर कम्पनी,मन्दाकिनी...

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र
Capital Market

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र

काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट  राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् ।विश्व बजारमा सेयरका बादशाह भनेर चिनिने वारेन बफेट लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.