डेढ महिनापछि म्याक्डीमा बन्यो बुलिस क्रसओभर, आरएसआई पनि न्यूट्रल जोनबाट माथि
काठमाण्डौं । आइतबार दिनभर उत्तारचढाव देखिएको बजार परिसूचक(नेप्से) ५० अंक भन्दा बढीले बढेर बन्द भयो । बजार बढ्दा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई म्याक्डीमार्फत नियाल्दा डेढ महिनापछि नेप्सेले आज बुलिस क्रसओभर दिएको छ । योसँगै हिस्टोग्राम सकारात्मक बनेको छ । यसअघि बजारले भदौ ६ गते म्याक्डीमा बियरिस क्रसओभर बनाएको थियो । त्यसपछि आज असोज २०...

