रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस १३ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

