सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले संस्थाको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ निर्धारण गरिएको छ ।

