नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ
काठमाण्डौं । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा ५८.५८ अंकले बढेर बन्द भयो । यस हिसावले एक महिना एताको बजारमा आज कारोबार र सूचक दुबैमा राम्रो सुधार देखियो । आज बजार बढ्दा कारोबार पनि बढेकोले बजार मजबुत रहेको मान्न सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । अब बजार अपर ब्याड सँगै हिड्नु पर्ने छ । म्याक्डीबाट नियाल्दा...

