इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साता जम्मा ३ दिन कारोबार भयो । ३ दिनमा बजार २ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २००४.०५ मा बन्द भएको बजार यो साता २०२५.७ मा बन्द भयो । यस हिसाबले यो साता बजार २१.६५ अंकले बढ्योे । यो साता सेयर बजारमा ११ अर्ब ८८ करोडको कारोबार भएको छ । अघिल्लो साता बजारमा १३ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार...

