सेयरबजारको ओरालो यात्रा आजपनि जारी, जानकार भन्छन्,‘पुस मसान्तपछि बजारमा सुधार आउँछ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात १०.२९ अंकले घटेर २ हजार ६१०.६३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४५१.०७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५...

