सेयरबजारमा लगातार दुईदिन उच्च अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८१ प्रतिशत अर्थात ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७४ प्रतिशतले बढेर ४५६.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७...

