१०.२५ अंकले ओरालो लाग्यो सेयरबजार, जानकार भन्छन्, ‘बढ्ने आधार धेरै छन्’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३७ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६९८.४४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५९.६३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब...

