स्वस्तिक लघुवित्तको आईपीओमा १५०.५२ गुणा बढी आवेदन, २५ लाख बढीको हात खाली हुने पक्का
काठमाण्डौ । स्वस्तिक लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५०.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २५ लाख २८ हजार ५५१ हजार जनाले आवेदन दिएका हुन् । लघुवित्तको आइपीओमा २ अर्ब ९३ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा १५० गुणा बढी हो ।

