खानीखोला हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, साढे ४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । खानीखोला हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज २१ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत असार २६ गतेसम्म कायम सयेरधनीका लागि गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

