धितोपत्र बजार पूँजीकरण ३२.०५%ले बढ्यो, बैंक,वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२.०५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, सो अवधिसम्म नेप्से परिसूचक २६५५.३९ विन्दुमा पुगेको छ । गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २११२.३९...

